Breaking News
नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||    

मंसिर १६ को उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

काठमाडौं, असोज १० – निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता मंसिर २ गते बिहान १० बजेबाट सुरु भई साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ। मनोनयन दर्ता सकिएपछि साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ।

मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उजुरीको जाँचबुझ र निर्णय मंसिर ४ गते गरिनेछ, जसको परिणाम अनुसार सोही दिन साँझ ५ देखि ६ बजेसम्म अन्तिम सूची प्रकाशन हुनेछ।

उम्मेदवारले मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम सूची प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

निर्वाचनको मुख्य दिन मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। प्रचारप्रसार निषेध अवधि भने मंसिर १३ गते राति १२ बजेदेखि लागू हुनेछ।


  • Jigyasa media

थप