Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

म भित्रको दानव (आत्माको युद्धकथा)

  •   १ वर्ष अघि | १८ साउन २०८२, आइतवार

कविता :  ✍🏼 रामकृष्ण राई 

सतहमै शान्तिको आवरण,

हाँसोको झल्को छ छायाँ;

भित्र कतै बल्छ एक आगो,

जहाँ आँधीले लेख्छ माया।


झल्किन्छ उज्यालो अनुहार,

हाँसोको संकेत छ टाँसिएको;

तर पिंजडामा बन्द छु म,

दानवले अधिकार लिएको।


चुप लागुँ भने ऊ चिच्याउँछ,

अन्धकारबाट कराउँछ;

भागूँ भने पछि लाग्छ,

आत्माको गर्भमै बसी रमाउँछ।


न त देखिन्छ, न समातिन्छ,

साससँगै बग्ने चाल हो ऊ;

बिहान–साँझ, रात–दिनभरि,

म भित्रको एक तुफान हो ऊ।


कहिले क्रोधको ज्वालाजस्तै,

कहिले डरको कठोर घाम;

शंका बुनिन्छ जालजस्तै,

हराउँछ आशाको नाम।


सपनाका बगैंचामा सल्काउँछ ऊ,

अनायासै एक आगो;

घामको पिठमा ल्याउँछ शीत,

बगाउँछ उज्यालो भागो।


छायाँ होइन, न प्रतिबिम्ब,

ऊ त लुकेको सत्य हो;

पीडाको खोजमा डुबेको,

अनन्त चोटको वस्तु हो।


जति जित्न खोज्छु म,

त्यति गहिरिन्छ घाउ उसको;

ऊ शत्रु होइन सधैं—

आधा म, आधा छायाँको दु:ख हो।


तर लडिरहेछु म निरन्तर,

पलपल, साँझ र बिहान;

अन्त्य टाढा छ युद्धको,

मुक्तिको बाटो हो काँडेदार बिहान।


शब्दमा बाल्छु म आगो,

यातनालाई कविता बनाउँछु;

एकदिन त्यही स्वर–ज्वालामा,

म मुक्तिको गीत सुनाउँछु।

  • Jigyasanepal

थप