Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

त्रिवि अन्तर्गत अधिकांश क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

  •   १ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न हुँदैछ । तर, विश्वविद्यालय क्याम्पसमा भने निर्वाचन चैत ८ गते हुने तय भएको छ।

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु गठन गरिनेछ, जसअन्तर्गत ११ जना प्रत्यक्ष निर्वाचनमार्फत र १० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन्। कुल ६,१४६ मतदाता रहेको यस क्याम्पसमा नेतृत्व चयनको लागि मतदान गरिनेछ।

स्ववियुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचन हुनेछ भने उपाध्यक्ष र उपसचिव पदको चयन निर्वाचित सदस्यहरूकै सहमतिबाट गरिनेछ। कुनै संगठनले बहुमत प्राप्त गरेमा, तिनै संगठनका सदस्यहरूबाट उपाध्यक्ष र उपसचिव चयन हुनेछन्। यदि बहुमत नआएमा २१ निर्वाचित सदस्यको मतदानबाट निर्णय गरिने व्यवस्था रहेको छ।

इलेक्ट्रोनिक भोटिङ प्रणालीको प्रयोग

विश्वविद्यालय क्याम्पसमा मतदान इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) को माध्यमबाट गरिनेछ। निर्वाचन समितिका अनुसार, कुल २० वटा ई-भोटिङ यन्त्र प्रयोगमा ल्याइनेछ।

निर्वाचनको पूर्वसन्ध्यामा विवाद

स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार राति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले प्रशासनले नक्कली परिचयपत्र वितरण गरेको भन्दै तालाबन्दी गरेको छ। संगठनले निष्पक्ष छानबिनको माग समेत अघि सारेको छ।

यस्तै, सुरक्षा कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आजका लागि तय गरिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना जारी गर्दै विद्यार्थी संगठनहरू अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको जनाएका छन्।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने बताइएको छ।


  • Jigyasa media

थप