Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने

  •   २ वर्ष अघि | २० कार्तिक २०८१, मङ्लबार

काठमाडौँ, २० कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने भएको छ।

लामिछानेलाई सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका छन्। उनलाई कात्तिक २ गते पक्राउ गरिएको थियो, र कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो।

थपिएको म्याद कात्तिक १४ गते बुधबार सकिएको थियो। तर, कात्तिक १५ गतेदेखि तिहारको बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनका लागि तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ। पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनको मुद्दामा प्रहरीले एकै साथ अनुसन्धान गरिरहेको छ।

लामिछानेलाई आफ्नो बयानमा सहकारी ठगीमा संलग्नता अस्वीकार गर्दै आएका छन्। उनले गोरखा मिडियामा भनेका छन् कि रकमको व्यवस्थापन र परिचालन आफूले नगरेको र सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, र सेयर सदस्य नहुँदा ऋण लिने कुरा नै नहुने स्पष्ट गरेका छन्।

कतिपयले बयान प्रक्रिया सकिएको दाबी गरिरहेका बेला, अनुसन्धानमा संलग्न अधिकारीले भने कि अझै बयान प्रक्रिया पूरा नभएको बताएका छन्। लामिछानेलाई बयानको लागि रुपन्देही पठाउने तयारी गरिएको छ।


  • Jigyasa media

थप