Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादी समूहको प्रदर्शन

  •   २ वर्ष अघि | २५ फाल्गुन २०८१, आइतवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनलाई लिएर राजावादी समूहहरूले स्वागतसहित प्रदर्शनको तयारी गरेका छन्। शाह करिब एक महिना पोखरामा बिताएर काठमाडौं फर्कन लागेका हुन्।

राजावादी धारका विभिन्न समूहहरू – राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह तथा अन्य समर्थकहरूले छुट्टाछुट्टै रूपमा आफ्नो उपस्थिति जनाउने भएका छन्।

स्वागतका लागि व्यापक तयारी

पूर्वराजा शाह काठमाडौं आइपुग्नासाथ विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्‍याउने तयारी गरिएको छ।

राप्रपाले राजधानीका विभिन्न स्थानमा सन्देशमूलक कार्यक्रम गर्दै पूर्वराजाको स्वागतका लागि आह्वान गरेको छ। सो पार्टीका सांसद ज्ञानेन्द्र शाहीका अनुसार नगरपालिकास्तरमै पुगेर कार्यकर्ताहरूलाई राष्ट्रिय झन्डासहित विमानस्थलमा उपस्थित हुन आग्रह गरिएको छ।

संवैधानिक राजतन्त्र स्थापनाको मागसहित यो प्रदर्शन आयोजना गरिएको उनीहरूले बताएका छन्।

काठमाडौंको सुरक्षा व्यवस्था कडा

यस प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। राजावादी समूहले शक्ति प्रदर्शन गर्ने क्षेत्रमा विशेष निगरानी राखिएको सुरक्षा निकायहरूले बताएका छन्।


  • Jigyasa media

थप