Breaking News
पाँच प्रदेशमा बादल लाग्ने, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||    

दीर्घकालीन असर पर्ने निर्णय नगर्न एमालेको ध्यानाकर्षण

  •   २ वर्ष अघि | २० असार २०८१, बिहिबार

काठमाडौं । नेकपा (एमाले) वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न ध्यानाकर्षण गराएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने अवस्था नरहेको बताएका छन् ।


विज्ञप्तिमा भनिएको छ, ‘संसदमा दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गर्दछ, साथै, राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।’


सत्ता समीकरणको प्रमुख दल एमालेले सरकारलाई दिएका समर्थन फिर्ता लिएको साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले राजीनामा दिइसकेको ब्यहोरा पनि विज्ञप्तिमा उल्लेख छ ।

गत सोमबार मध्यरातमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सत्ता गठबन्धन बनाएर सरकार चलाउने सहमति भएको थियो । सोही अनुरुप एमाले र कांग्रेसले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रसमेत गरे

को छ ।


  • Jigyasanepal

थप