Breaking News
पाँच प्रदेशमा बादल लाग्ने, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||    

बर्ताैलाले गीतमार्फत नै प्रचण्डलाई भने– तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र ?

  •   २ वर्ष अघि | २४ असार २०८१, सोमवार

काठमाडाैं । नेकपा (एमाले)ले आफ्नो पार्टीलाई एक्ल्याउने र कमजोर बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको षडयन्त्रपछि नेपाली कांग्रेससँग नयाँ समीकरण बनेको बताएको छ । प्रचण्डको उथलपुथलवादी सोचका कारण नै आफूहरू सरकारबाट बाहिरिनु परेको एमालेको भनाइ छ ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलाले सत्तामा सँगै रहेको दललाई एक्ल्याउने प्रचण्डको दूषित मनसाय रहेको आरोप लगाएका हुन् । ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो– यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले–कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले संसदमा भने, ‘म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु– तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’

बर्तौलाले प्रचण्ड एमालेलाई एक्ल्याउने दूषित खेलमा लागेको आरोप लगाए । ‘सरकारका प्रधानमन्त्री सधैँ सँगै रहने, अर्को दाउपेचको प्रक्रियालाई सँगसँगै जोडिरहने , त्यसप्रकारको दूषित खेलमा सहभागी हुनुभयो,’ उनले भने, ‘उथलपुथलको कार्यशैलीमा रहने । एमालेलाई एक्ल्याउने र कमजोर बनाउने षड्यन्त्र रह्यो ।’

उनले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रचण्डको ध्यानाकर्षण गराए ।

  • Reporter

थप