Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

ओलीको प्रचण्डलाई प्रतिउत्तर : 'हामीलाई हतियार बिसाउन कसरी लगाउने राम्रोसँग थाहा छ'

  •   २ वर्ष अघि | ११ कार्तिक २०८१, आइतवार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सरकारलाई धम्क्याउने शैली नअपनाउन आग्रह गरेका छन्। आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा सम्बोधन गर्दै उनले नागरिकलाई धम्क्याएर सत्ता कब्जा गर्ने कल्पनाबाट बाहिर आउन चेतावनी दिए।

प्रधानमन्त्रीले दाहालको पछिल्लो वक्तव्यप्रति प्रतिक्रिया जनाउँदै भने, "कतिपय व्यक्ति हिजो मात्र धम्कीको भाषामा बोले। हतियार बिसाएको मात्रै हो भन्ने दाबी गरिए पनि हतियार बिसाउन कसरी लगाउने भन्नेमा हामी सक्षम छौं। धम्क्याएर शासन चलाउने भ्रम अब नपाल्नू।"

ओलीले भने, "हामीले हतियार चलाउन बिर्सेका छैनौं, तर हामीले बिसाउन जानेका छौं।" यसका साथै, उनले माओवादी सभामा बोलेको धम्कीको शैलीलाई शान्ति प्रक्रियामा अवरोध ल्याउने कार्यको रुपमा लिएका छन्।

प्रधानमन्त्री ओलीले एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता जनाउँदै भने, “सरकार कुनै राजनीतिक हस्तक्षेप नगर्नेछ, तपाईंहरू स्वतन्त्रतापूर्वक काम गर्न सक्नुहुन्छ। म एमालेको होइन, देशको प्रधानमन्त्री हुँ। सबै एनआरएनएहरू एकताबद्ध भएर देश विकासमा लाग्न आवश्यक छ।"

उनले भने, “पोलिटिकल पार्टीहरूका आफ्नै संगठन हुन सक्छन्, त्यसले आफ्ना गतिविधि गर्नेछ, तर एनआरएनएभित्र राजनीतिक टकराव नहोस्। देशको विकासमा योगदान दिन सम्पूर्ण एनआरएनए एकताबद्ध रूपमा लाग्न आवश्यक छ।”


  • Jigyasa media

थप