Breaking News
पाँच प्रदेशमा बादल लाग्ने, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||    

अध्यक्ष ओली अस्वस्थ्य भए पछि एमालेको निर्धारित बैठक सर्यो

  •   २ वर्ष अघि | २५ असार २०८१, मङ्लबार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजेका निम्ति बोलाइएको बैठक स्थगित गरिएको हो ।

उक्त बैठक बुधबार भोलि बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । “आजका लागि तय भएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ,” उनले भने, “किन स्थगित गरियो भन्ने जानकारी आएको छैन ।”

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठकको मिति सारिएको बताइएको छ । सोमबार हिजो दाँत निकालेकाले ओलीलाई केही सन्चो नभएको सचिवालयले जनाएको छ ।

बुधबार बस्ने सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनका विषयमा छलफल गरिने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा यही असार २८ गते विश्वासको मत लिँदै छन् । उनले मत पाउने सम्भवना देखिँदैन ।

सरकार ढलेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने समझदारी नेपाली कांग्रेससँग भइसकेको छ । सोहीअनुसार सरकारमा जाने मन्त्रीहरूका विषयमा सचिवालय बैठकमा छलफल गर्ने तयारी छ ।

यस्तै, केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी छ । फरक भूगोलको जिम्मेवारी हटाएर घरपायक जिम्मेवारी दिने तयारी गरिएको जनाइएको छ ।

  • Reporter

थप