Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

खानीखोलामा संविधान दिवसको खुसियालीमा दीप प्रज्वलन सँगै पालिकाको बेतिथिको विरोधमा पालिका उपाध्यक्ष समेतको खबरदारी कार्यक्रम

  •   २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार

काभ्रे, २०८१ असोज ३ – राष्ट्रिय संविधान दिवसको अवसरमा २०८१ असोज ३ गते आज खानीखोला गाउँपालिकामा  संविधान जारीको दिनको अवसरमा विशेष  कार्यक्रम आयोजना गरी मनाइएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त आयोजनामा संविधान दिवस मनाइएको छ। , जसमा गाउँपालिकाको विभिन्न बेतिथिपुर्ण गतिविधिहरूबारे खबरदारी समेत गरिएको छ।


कार्यक्रममा गाउँपालिकामा संविधान विपरीत भएका कामहरू र वार्षिक कार्ययोजना नीतिगत आधारमा नभई बहुमतको आडमा गरिएको भनी आलोचना गरिएको छ। सोही कारणले संविधान दिवसको दिन विरोध स्वरूप खबरदारी कार्यक्रम राखिएको नेपाली कांग्रेसका निर्वाचित उपाध्यक्ष समेत रहेका दोर्जमान जिम्बाले बताए। आयोजकहरूले गाउँपालिकाका अनियमित निर्णयहरूमा ध्यानाकर्षण गराउँदै संविधानको मर्म र भावना विपरीत गरिएका कार्यहरूलाई उजागर गर्ने र तत्काल त्यस्ता कु हर्कत र जनतालाई अफ्ठेरो पार्ने गतिविधि रोक्न नाराबाजी समेत गरिएको थियो । 


कार्यक्रममा गाउँपालिकाका विभिन्न विवादास्पद निर्णय र गतिविधिहरूलाई विशेष रुपमा छलफलमा ल्याइनु पर्ने र तत्काल सच्याउनु पर्ने तर्फ समेत ध्यानाकर्षण गराइएको नेकपा एमालेका प्रदेश कमिटी सदस्य शेखर लामाले बताए ।


  • Jigyasa media

थप