Breaking News
पाँच प्रदेशमा बादल लाग्ने, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||    

प्रम प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको पनि ह्वीप जारी

  •   २ वर्ष अघि | २७ असार २०८१, बिहिबार

काठमाडाैं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । बिहीबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राख्ने प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन् ।

प्रमुख सचेतक लेखकले भोलि (शुक्रबार) को संसद बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेस सांसदहरूलाई ह्वीप जारी गरेका छन् । कांग्रेस-एमालेबीच नयाँ सत्ता सहकार्यका लागि सहमति भएको थियो । त्यसपछि एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यस अघि नेकपा एमालेले पनि प्रम प्रचण्ड लाई विश्वासको मत नदिन ह्विप जारी गरिसकेको छ ।

  • Reporter

थप