Breaking News
पाँच प्रदेशमा बादल लाग्ने, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||    

प्रचण्ड’ लाई विश्वासको मत नदिन एमालेको सांसदहरूलाई ह्विप

  •   २ वर्ष अघि | २६ असार २०८१, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री दाहालले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेले नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरण गरेर नयाँ सरकार बनाउन यसअघि माओवादी नेतृत्वको प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर सरकार छाडेपछि दाहालले २८ गते पुनः संसदबाट विश्वासको मतको सामना गर्न लागेका हुन् ।

तर, एमालेले प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न बुधबार आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए ।

  • Reporter

थप