Breaking News
नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||    

प्रधानमन्त्री ओली: जलवायु अनुकूलन र दिगोपनाका लागि विश्वव्यापी सहकार्यमा जोड

  •   २ वर्ष अघि | ८ कार्तिक २०८१, बिहिबार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न विश्वव्यापी साझेदारीलाई सशक्त बनाउन नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले जलवायु अनुकूलन र दिगो विकासलाई प्राथमिकता दिँदै नेपालले सकारात्मक भूमिका खेल्न तत्पर रहेको पुनः दोहोर्याए।

उनले भने, "जलवायु परिवर्तनलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघको नेतृत्वमा सबैले साझा समाधानको बाटो समात्नुपर्ने आवश्यकता छ। यसले नेपालजस्ता मुलुकहरूको अस्तित्व जोगाउन महत्वपूर्ण योगदान दिनेछ।"

नेपालको परराष्ट्र नीति शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै, प्रधानमन्त्री ओलीले नेपालले दुई ठूला छिमेकी राष्ट्रहरूसँग मित्रता कायम राख्दै असल सम्बन्धको नीति पछ्याइरहेको बताए। उनले शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षणमा नेपालको निरन्तर समर्थनलाई जोड दिए।

उनको सम्बोधनमा राष्ट्रसंघप्रति नेपालको विश्वास र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता स्पष्ट रूपमा देखिएकोथियो।


  • Jigyasa media

थप