काठमाडौं – आन्दोलन सुरु नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। बालुवाटारमा भ्रष्टाचार, राजनीतिक प्रतिशोध, र अन्यायविरुद्धको शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा नेपाल हाउस अगाडि उभिएर छलफल गरिरहेका बेला सांसद चौधरी, काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनसहितका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले आन्दोलनलाई पूर्वाग्रहको रूपमा दमन गरेको आरोप लगाउँदै पार्टीले घटना प्रति विरोध जनाएकोछ।
- Jigyasa media