Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

काभ्रेको खानीखोला गाउँपालिकामा २८ महिनामा तीन प्रशासकीय अधिकृतको सरुवा

उपाध्यक्ष दोर्जेमानले अध्यक्ष लक्षित गर्दै 'विषालु सर्प'को उपमा दिएपछि ...

  •   २ वर्ष अघि | २२ भदौ २०८१, शनिबार

काभ्रे । – काभ्रेको विकट खानीखोला गाउँपालिकामा अस्थिर राजनीतिक व्यवस्थाका कारण जनताको दैनिक प्रशासनिक कामकाजमा बाधा पुगेको  बताइन्छ। पछिल्लो २८ महिनामा गाउँपालिकामा तीनजना प्रमुख प्रशासकीय अधिकृत (हाकिम) सरुवा भएका छन्। यसक्रममा लक्ष्मी अधिकारी, धनेन्द्र भुजेल, र जीवन गैरे क्रमशः प्रशासकीय जिम्मेवारी सम्हाल्दै आए र अल्पकालीन अवधिमा सरुवा भएर गए।


गाउँपालिकाका उपाध्यक्ष दोर्जे मान जिम्बाले यस घटनाक्रमप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै पालिका नेतृत्व, विशेष गरी अध्यक्षप्रति कडा आलोचना गरे। उनले बजेट निर्माणदेखि कर्मचारी व्यवस्थापनमा उत्पन्न असमझदारी र अनावश्यक दबाबले कर्मचारी र जनप्रतिनिधिहरूबीच द्वन्द्व चुलिएको आरोप लगाए। अझै उनले पछिल्लो घटनाको चिरफार गर्दै भने जाँड रक्सीको करामत ले असमझदारी बढाएको छ । 

जिम्बाले अध्यक्ष लक्षित गर्दै ‘विषालु सर्प’को उपमा समेत दिन भ्याए ।  अध्यक्षको नीतिका कारण प्रशासनिक अव्यवस्था अस्तव्यत र कर्मचारीहरूको काममा अवरोध उत्पन्न भएको बताए। उनले गाउँपालिकाका जनप्रतिनिधिहरूले काम गर्ने वातावरण उपलब्ध गराउन नसकेको र कर्मचारीलाई अनावश्यक रूपमा झमेलामा फसाएर प्रशासनिक कामकाजलाई अवरुद्ध गरेको दावी गरे।


खानीखोला गाउँपालिकामा पछिल्लो समयको बजेटमा  ८ करोड बढीको घाटा बजेट बनेको छ। यो बजेटले पालिकामा आर्थिक संकट थप्दै लैजाने आशंका उपाध्यक्षले व्यक्त गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेलाई विदाई गर्न आयोजित कार्यक्रममा, जिम्बाले पछिल्लो घटनाक्रमको फेहरिस्त प्रस्तुत गर्दै, गाउँपालिकामा जनताको हितमा हुने काम अवरुद्ध भएको र पालिकाको नेतृत्वले यसतर्फ ध्यान नदिएको आरोप लगाउदै यसमा सबै पक्षको उत्तिकै जिम्मेवारी हुने बताए ।

गाउँपालिकामा राजनीतिक अस्थिरता, प्रशासनिक अन्योल, र आर्थिक संकटले स्थानीय जनताका हकहित र विकास कार्यहरूमा ठूलो असर पारेको बताइन्छ ।

  • Jigyasa media

थप