Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति चयन

  •   २ वर्ष अघि | ८ पुस २०८१, सोमवार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। शुक्रबार राति बसेको आकस्मिक बैठकले पार्टीलाई नेतृत्व प्रदान गर्न अर्याललाई चयन गरेको हो।

सोही दिन सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बोलाइएको थियो। उक्त बैठकले तत्कालका लागि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए।

डोलप्रसाद अर्याल रास्वपाको समानुपातिक सांसदसमेत हुन्। उनले हाल श्रम मन्त्रीको रूपमा जिम्मेवारी वहन गरिरहेका छन्। लामिछानेको नेतृत्वमा रहेको रास्वपाले यस घटनाले उत्पन्न परिस्थितिमा पार्टी सञ्चालनका लागि अर्याललाई प्रमुख भूमिकामा अघि सारेको छ।

पार्टीभित्र नेतृत्वको निरन्तरताका लागि अर्यालको अनुभव र सक्रियता महत्वपूर्ण ठहर गरिएको छ।


  • Jigyasa media

थप