Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

संक्रमणकालीन न्यायको विधेयक यही अधिवेशनमा पारित गर्ने: प्रधानमन्त्री ओली

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सफलतापूर्वक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। 

मंगलबार महान्यायाधिवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विषय (टीआरसी)मा अन्तर्राष्ट्रिय चासो रहेको उल्लेख गर्दै विधेयकलाई यो नै अधिवेशनमा पारित गर्ने योजना सुनाए। 


प्रधानमन्त्रीले उक्त विधेयकलाई पीडितमैत्री र पीडित केन्द्रित रूपमा तयार गरिएको बताउँदै यो विधेयक पारित हुनु सरकारका लागि कोशेढुंगा साबित हुने दाबी गरे। साथै, उनले वर्तमान सरकार देशविरोधी काम नगर्ने र विकासलाई सकारात्मक ढंगले अघि बढाउनेतर्फ प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत समाजको मूल्य मान्यता ताड्ने प्रयास भइरहेको भन्दै सरकार त्यसविरुद्ध सचेत रहेको पनि बताए। ओलीले यसअघि सरकारमा रहेका बेला गरेका कामहरूमा गौरव गर्न लायक रहेको दाबी गर्दै अहिलेको जिम्मेवारी फोटो खिच्न होइन, सकारात्मक काम गर्नका लागि सम्हालेको स्पष्ट पारे।

  • Jigyasa media

थप