Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

आज बल्खुमा राप्रपाको प्रदर्शन, ट्राफिकले डाइभर्सन र पार्किङको गर्‍यो विशेष व्यवस्था

  •   १ वर्ष अघि | २५ चैत्र २०८१, सोमवार

काठमाडौं, चैत २६ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गर्दैछ। विभिन्न स्थानहरूबाट र्‍याली निकाल्दै बल्खुमा मुख्य सभा आयोजना गर्न लागिएको हो।

प्रदर्शनका कारण सडकमा भीडभाड र अवरोध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ट्राफिक महाशाखाले वैकल्पिक रुट तोकेको छ।

यी सडकमा सवारी साधन डाइभर्ट हुनेछन्

खसीबजार–मकालु–कलंकी चोक–बाफल मार्ग

बल्खु चोक–कुलेश्वर–कालिमाटी हुँदै टेकु

कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना

यसबाहेक, भीडको अवस्था हेरेर आवश्यक परेमा सवारी साधनहरूलाई त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप–सितापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वर मार्गमा मोडिने तयारी गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पार्किङका लागि छुट्टै स्थान

कार्यक्रममा सहभागी हुन आउने गाडीहरूका लागि त्रिभुवन विश्वविद्यालय (टीयू) गेटदेखि चोभार सडक, सानेपा करिडोर (दुवै दिशा) र चोभार सुख्खा बन्दरगाह क्षेत्रलाई पार्किङको लागि छुट्याइएको छ।

त्यस्तै नयाँ बसपार्क र सितापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ।

यातायातमा असर नपरोस् भनेर ट्राफिक प्रहरीको तर्फबाट सर्वसाधारणलाई आवश्यक मार्ग छनोट गरी यात्रा गर्न अनुरोध गरिएको छ।



  • Jigyasa media

थप