Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

आज बल्खुमा राप्रपाको प्रदर्शन, ट्राफिकले डाइभर्सन र पार्किङको गर्‍यो विशेष व्यवस्था

  •   २ वर्ष अघि | २५ चैत्र २०८१, सोमवार

काठमाडौं, चैत २६ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गर्दैछ। विभिन्न स्थानहरूबाट र्‍याली निकाल्दै बल्खुमा मुख्य सभा आयोजना गर्न लागिएको हो।

प्रदर्शनका कारण सडकमा भीडभाड र अवरोध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ट्राफिक महाशाखाले वैकल्पिक रुट तोकेको छ।

यी सडकमा सवारी साधन डाइभर्ट हुनेछन्

खसीबजार–मकालु–कलंकी चोक–बाफल मार्ग

बल्खु चोक–कुलेश्वर–कालिमाटी हुँदै टेकु

कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना

यसबाहेक, भीडको अवस्था हेरेर आवश्यक परेमा सवारी साधनहरूलाई त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप–सितापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वर मार्गमा मोडिने तयारी गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पार्किङका लागि छुट्टै स्थान

कार्यक्रममा सहभागी हुन आउने गाडीहरूका लागि त्रिभुवन विश्वविद्यालय (टीयू) गेटदेखि चोभार सडक, सानेपा करिडोर (दुवै दिशा) र चोभार सुख्खा बन्दरगाह क्षेत्रलाई पार्किङको लागि छुट्याइएको छ।

त्यस्तै नयाँ बसपार्क र सितापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ।

यातायातमा असर नपरोस् भनेर ट्राफिक प्रहरीको तर्फबाट सर्वसाधारणलाई आवश्यक मार्ग छनोट गरी यात्रा गर्न अनुरोध गरिएको छ।



  • Jigyasa media

थप