Breaking News
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||    

नयाँ सरकारले भ्रष्टाचार अन्त्य गर्नेमा विश्वास, महिला मन्त्री थाेरै भएकोमा असन्तुष्टि

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

काठमाडौं । सांसद ठाकुरप्रसाद गैरैले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास र समृद्धिको यात्रालाई गति प्रदान गर्न सफल हुनेमा विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले वर्तमान सरकारले त्यस दिशामा अघि बढ्ने उल्लेख गरे ।


सांसद तारा लामा तामाङले वर्तमान सरकारले देशको समग्र समस्यालाई क्रमशः समाधान गर्नुपर्नेमा जोड दिइन् । सांसद तोसिमा कार्कीले मन्त्रिमण्डलमा जम्मा दुई जना मात्रै महिला रहेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरिन् ।


सांसद दीपा शर्माले बाढीपहिरोका कारण देशैभरि भएको क्षतिको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद दीलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले सबैभन्दा पहिला बाढीपहिराबाट पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । सांसद धवलशम्शेर राणाले भ्रष्टाचार अन्त्यका लागि वर्तमान सरकार केन्द्रित हुनुपर्ने माग गरे ।


सांसदहरु ध्रुवबहादुर प्रधान, नारायणप्रसाद आचार्य, निर्मला कोइराला, निशा डाँगी, पदम गिरी, पूर्णबहादुर घर्तीमगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु हजारा, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वासुदेव घिमिरे, विन्दावासिनी कंसाकार, विनिता कठायत, विमला सुवेदी, देवप्रसाद तिमल्सेना, नारायणी शर्मा, नागिना यादव र नारायण प्रकाश साउदले नवगठित वर्तमान सरकारले सुशासन कायम गर्नेमा विश्वास व्यक्त गरे ।– रासस

  • RSS

थप