Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

बालुवाटारमा उच्चस्तरीय राजनीतिक बैठक: सत्ता सहकार्य र संसद् सञ्चालनबारे छलफल

  •   २ वर्ष अघि | २ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं, फागुन २ – मुलुकको पछिल्लो राजनीतिक परिवेशलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अन्य सत्ता साझेदार दलका शीर्ष नेताहरू सहभागी छन्। स्रोतका अनुसार बैठकमा सरकार सञ्चालन, संसद्को प्रभावकारिता तथा अत्यावश्यक कानुन निर्माण प्रक्रिया तीव्र बनाउने विषयमा गहन छलफल भइरहेको छ।

सत्ता साझेदारीको सन्तुलन मिलाउनेदेखि समसामयिक राजनीतिक घटनाक्रमबारे रणनीति बनाउन यो बैठकलाई महत्वपूर्ण मानिएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार बैठकको निष्कर्षले मुलुकको राजनीतिक दिशा तय गर्ने संकेत गरेको छ।


  • Jigyasa media

थप