Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

कारागारमा कैदीको रहस्यमय मृत्यु, परिवारले शव बुझ्न अस्वीकार

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

कैलाली, असार ५ । कैलाली कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएपछि मृतकका परिवारले कुटपिटको आशंका गर्दै शव लिन अस्वीकार गरेका छन्।

मृत्यु हुनेमा डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पाली रहेका छन्। बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका पालीको शवमा निलडाम र चोटपटक देखिएको छ। शवको भिडियो पनि सार्वजनिक भएको छ, जसमा कुटपिटको आशंका थप बलियो भएको छ।

मृतकका आफन्तले प्रहरी नायब निरीक्षक हरिजित नाथमाथि आर्थिक लेनदेनको माग गर्दै कुटपिट गरिएको आरोप लगाएका छन्। उनीहरू छानबिन बिना शव नउठाउने अडानमा छन्।

कारागार प्रशासनका अनुसार, पालीलाई सोमबार राति १०:३० बजे शौचालयमा अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको हो।

पालीलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरी कारागार चलान गरेको थियो। पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो।

यस घटनापछि डडेल्धुरामा बजार र राजमार्ग अवरुद्ध गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन्। पीडित पक्षले दोषीमाथि कारबाही र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। 

  • Jigyasanepal

थप