Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

  •   ३ महिना अघि | २४ बैशाख २०८३, बिहिबार

कञ्चनपुर, वैशाख २४ — कञ्चनपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटना शुक्लाफाटा नगरपालिका–८ स्थित भित्री सडकखण्डमा भएको हो। म.२ प ५०५५ नम्बरको मोटरसाइकल र से.६ प ५९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ।

दुर्घटनामा से.६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका–८ पारीफाटाका ४५ वर्षीय मिन बहादुर जागरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर उपचारकै क्रममा बुधबार बेलुका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय मंगल महरा तथा अर्को मोटरसाइकल चालक ४२ वर्षीय कम्मान सिंह ठगुन्ना घाइते भएका छन्।

घाइते दुवैजनाको धनगढीस्थित मायामेट्रो अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप