Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

कैलालीमा भीषण मोटरसाइकल ठक्कर : तीन जनाको ज्यान गयो, एक गम्भीर घाइते

  •   ५ महिना अघि | ९ फाल्गुन २०८२, शनिबार

धनगढी, फागुन ९ — कैलालीको गोदावरी नगरपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिरनजिक सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस मोटरसाइकल र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्को मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार दुर्घटनामा धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २२ वर्षीय हरिश ओली, गौरीगंगा नगरपालिका–१ का २५ वर्षीय योगेन्द्र शाह र गोदावरी नगरपालिका–१ का २६ वर्षीय हरि पार्कीको मृत्यु भएको हो।

दुर्घटनामा गोदावरी नगरपालिका–६ का २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले जानकारी दिए।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। तीव्र गति वा लापरबाहीका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीयवासीले वनदेवी मन्दिर आसपासको सडकखण्डमा सवारी साधन तीव्र गतिमा गुड्ने गरेको भन्दै सडक सुरक्षा व्यवस्थामा सुधार गर्न माग गरेका छन्।

  • Jigyasanepal

थप