Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

कैलालीमा भीषण मोटरसाइकल ठक्कर : तीन जनाको ज्यान गयो, एक गम्भीर घाइते

  •   ८ महिना अघि | ९ फाल्गुन २०८२, शनिबार

धनगढी, फागुन ९ — कैलालीको गोदावरी नगरपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिरनजिक सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस मोटरसाइकल र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्को मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार दुर्घटनामा धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २२ वर्षीय हरिश ओली, गौरीगंगा नगरपालिका–१ का २५ वर्षीय योगेन्द्र शाह र गोदावरी नगरपालिका–१ का २६ वर्षीय हरि पार्कीको मृत्यु भएको हो।

दुर्घटनामा गोदावरी नगरपालिका–६ का २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले जानकारी दिए।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। तीव्र गति वा लापरबाहीका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीयवासीले वनदेवी मन्दिर आसपासको सडकखण्डमा सवारी साधन तीव्र गतिमा गुड्ने गरेको भन्दै सडक सुरक्षा व्यवस्थामा सुधार गर्न माग गरेका छन्।

  • Jigyasanepal

थप