Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

धान रोपाइँको मुखमै सुदूरपश्चिममा मल संकटको संकेत, २६ पालिकाले अझै उठाएनन् रासायनिक मल

  •   ५ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

काठमाडौं, जेठ २८ । धान रोपाइँको मुख्य याम सुरु भइसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका २६ स्थानीय तहले आफूलाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाउँदा किसानमा मल अभावको चिन्ता बढ्न थालेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित पालिकाहरूले मल उठाउन आवश्यक चासो नदिएको पाइएको छ। मन्त्रालयले अब पनि मल नउठाए कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई प्रत्यक्ष बिक्री गरिने चेतावनी दिएको छ।

तथ्यांकअनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी, अछाम, कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले तोकिएको परिमाणको मल अझै उठाएका छैनन्। कैलालीको गोदावरी नगरपालिकाले २१ हजार २३० किलो, गौरीगंगा नगरपालिकाले ६ हजार ६९० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो तथा धनगढी उपमहानगरपालिकाले २१ हजार ५०० किलो रासायनिक मल उठाउन बाँकी रहेको जनाइएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाले १ लाख ६ हजार ८०० किलो र बेदकोट नगरपालिकाले १ लाख ६ हजार ४०० किलो मल हालसम्म नलगेको तथ्यांकले देखाएको छ। अछामका साँफेबगर नगरपालिका, बन्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाले समेत मल ढुवानी गर्न सकेका छैनन्।

स्थानीय तहबीच समन्वयको अभाव र वितरण प्रक्रियामा भएको ढिलाइका कारण किसानसम्म समयमै मल पुग्न नसकेको कृषि क्षेत्रका सरोकारवालाको भनाइ छ। वर्षे धान रोपाइँ नजिकिँदै गर्दा मल आपूर्तिमा देखिएको सुस्तताले उत्पादनमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको छ।

हाल सुदूरपश्चिमका ४३ पालिकामध्ये १७ पालिकाले मात्र मल लगेका छन् भने २६ पालिका अझै प्रतीक्षामै छन्। यसले प्रदेशमा निकट भविष्यमै रासायनिक मल अभावको संकट गहिरिन सक्ने संकेत देखिएको छ। (रासस)

  • Jigyasanepal

थप