Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

एनपीएलमा आज दुई कडा भिडन्त : पोखराको अस्तित्वको लडाइँ, काठमाडौंबिरुद्ध निर्णायक खेल

  •   १० महिना अघि | १८ मंसिर २०८२, बिहिबार

 मंसिर १८

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई उत्तिकै रोमाञ्चक खेलसहित तातेको छ। दिनको पहिलो भिडन्त ११:४५ बजे हुने छ जहाँ पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन्।

पाँच खेलबाट केवल ४ अंक जुटाएर पछाडि परेको पोखराका लागि आजको खेल अस्तित्व जोगाउने निर्णायक लडाइँ बनेको छ। प्लेअफको आशा जिवित राख्न उनीहरूका लागि जित बाहेक विकल्प छैन।

उता, ६ खेलबाट ८ अंक हात पारेको काठमाडौं गोर्खाज आत्मविश्वासका साथ मैदानमा उत्रने तयारीमा छ। जित निकाल्दै समूहमा आफ्नो स्थिति थप बलियो बनाउने उनको योजनाले खेललाई झनै प्रतिस्पर्धात्मक बनाएको छ।

दोस्रो खेल : सुदूरपश्चिम पहिल्यै प्लेअफमा, चितवनको ‘डु–अथवा–डाइ’ स्थिति

अपराह्न ४:०० बजे, दोस्रो ठूलो भिडन्तमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन्।

पहिल्यै १० अंकका साथ शीर्ष स्थान सुरक्षित गर्दै प्लेअफमा प्रवेश गरिसकेको सुदूरपश्चिम आज पनि जितकै खोजीमा हुनेछ।

तर दबाब भने चितवन राइनोजमाथि छ—पाँच खेलमा ४ अंक मात्र जोडेको चितवनका लागि पनि आजको खेल जित्नै पर्ने अनिवार्य परीक्षा हो। हार भएमा प्लेअफको ढोका बन्द हुन सक्नेछ।

दोस्रो संस्करणको एनपीएल निर्णायक चरणतर्फ अघि बढ्दै गर्दा आजका यी दुई खेलले प्रतियोगिताको समीकरण नै बदल्ने अपेक्षा गरिएको छ। क्रिकेटप्रेमीहरूको ध्यान आज रंगशालामै केन्द्रित छ।


#NPL2024 #CricketNepal #SportsNews

  • Jigyasanepal

थप