Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

बनेपामा पहिलोपटक एनएनआईपीए स्पोर्ट्स अवार्ड, २६ खेलका खेलाडी सम्मानित हुँदै

  •   ६ महिना अघि | १८ चैत्र २०८२, बुधबार

बनेपा, चैत १८ — नेपाली खेलकुद क्षेत्रमा बहुप्रतिक्षित मानिने एनएनआईपीए स्पोर्ट्स अवार्ड यसपटक ऐतिहासिक ढंगले राजधानीबाहिर आयोजना हुँदैछ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ले दुई दिनपछि आयोजना गर्ने २०औँ संस्करणको अवार्ड बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरमा हुने तयारी पूरा भएको जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य ले अवार्डलाई विशेष बनाइने जानकारी दिए। उनका अनुसार विजेता खेलाडीहरूलाई बनेपाबाट चण्डेश्वरी मन्दिरसम्म बाजागाजासहित नगर परिक्रमा गराउँदै सम्मान गरिनेछ।

“खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्, उनीहरूलाई बनेपामा सम्मान गर्न पाउनु गौरवको विषय हो,” उनले भने।

२६ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान

संघका महासचिव शिवसुन्दर गोठे का अनुसार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध २६ खेलका उत्कृष्ट खेलाडीलाई ‘वर्ष उत्कृष्ट’ घोषणा गरिनेछ।

एनओसीमा ३१ खेल संघ आबद्ध भए पनि हालै सदस्यता पाएका ५ संघलाई यस वर्ष समेटिएको छैन।

सम्मानित हुने खेलहरूमा फुटबल, एथलेटिक्स, पौडी, टेनिस, बक्सिङ, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, बास्केटबल, कुस्ती, साइक्लिङलगायत विभिन्न विधा समेटिएका छन्। सुटिङ संघबाट भने उत्कृष्ट खेलाडीको नाम नआएकाले उक्त विधा समावेश नभएको जनाइएको छ।

मुख्य अवार्ड र पुरस्कार

२६ खेलबाट छनोट भएका खेलाडीमध्येबाट

एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी घोषित हुनेछन्,

👉 जनही १ लाख रुपैयाँ पुरस्कार

त्यस्तै,

👉 एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी — जनही ५० हजार रुपैयाँ

अन्य विशेष सम्मान

गजराज आदर्श खेल व्यक्तित्व पुरस्कार — ३५ हजार रुपैयाँ

एनएनआईपीए खेल पत्रकारिता पुरस्कार — ३५ हजार रुपैयाँ

वर्ष उत्कृष्ट पारा खेलाडी — १५ हजार रुपैयाँ

मनोरञ्जन पनि विशेष

कार्यक्रममा विभिन्न कलाकारहरूले नृत्य, गायन तथा कमेडी प्रस्तुतिसमेत दिने सचिव मन्डेकाजी श्रेष्ठ ले जानकारी दिए।

बनेपा बन्यो खेल सम्मानको केन्द्र

पहिलोपटक राजधानीबाहिर आयोजना हुन लागेको यस अवार्डले बनेपालाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रमा ल्याएको छ। खेलाडीको सम्मान मात्र होइन, स्थानीय स्तरमा खेल संस्कृतिको प्रवर्द्धन र खेलप्रेमीहरूको उत्साह थप्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप