Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन

  •   ६ महिना अघि | २२ बैशाख २०८३, मङ्लबार

काठमाडौं, वैशाख २२ — काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गअन्तर्गत खुर्कोट–भकुन्डेबेसी सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रे ले मंगलबार सूचना जारी गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।

प्रशासनका अनुसार वर्षायाम नजिकिँदै जाँदा सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। विशेषगरी रोशी खोलामा आउन सक्ने सम्भावित बाढी, वर्षा र बदलिँदो मौसम अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको जनाइएको छ।

साथै, तोकिएको समयपछि पनि आवश्यकताअनुसार मौसम र जोखिमको अवस्थालाई मूल्याङ्कन गरी जुनसुकै बेला छोटो अवधिका लागि समेत सवारी आवागमनमा थप रोक लगाउन सकिने प्रशासनले स्पष्ट पारेको छ।

यस निर्णयसँगै उक्त सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग अपनाउन र सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

  • Jigyasanepal

थप