Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चको सफाइ, विशेष अदालतको फैसला उल्टाइयो

सरकारकै पुनरावेदन अस्वीकृत, २७ करोडको अभियोग खारेज

  •   १ वर्ष अघि | ९ असार २०८२, सोमवार

काठमाडौँ, असार ९  ।

कुनै समय गुन्डा नाइके भनेर चिनिने कांग्रेसका केन्द्रीय सदस्य तथा काभ्रेका क्षेत्र नम्बर १ ख का प्रदेश सभाका उम्मेदवार नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ मिलेको छ। विशेष अदालतको दोषी ठहर निर्णयलाई उल्टाउँदै सर्वोच्च अदालतले लामाको सम्पत्तिलाई वैध ठहर गर्दै सफाइ दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको २०७५ साउन २४ गतेको फैसला बदर गर्दै लामा निर्दोष रहेको ठहर गरेको हो। यस फैसलासँगै लामामाथिको २७ करोड रुपैयाँ बराबरको अवैध सम्पत्तिको आरोप खारेज भएको छ।

विशेष अदालतको पुरानो फैसला

२०७५ मा विशेष अदालतले लामा दोषी ठहर गर्दै १ वर्ष कैद, १ करोड ४० लाख ५० हजार रुपैयाँ जफत तथा त्यति नै जरिवाना गर्ने निर्णय सुनाएको थियो। तत्कालीन विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश द्वारिकामान जोशी तथा रत्नबहादुर बागचन्दको इजलासले यो फैसला गरेको थियो।

सरकारको पुनरावेदन समेत अस्वीकृत

सजाय कम गरिएको भन्दै सरकारले पनि सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। तर सर्वोच्चले सरकारको दाबीलाई समेत जिकिर नपुग्ने ठहर गर्दै खारेज गरिदिएको छ।

२०६९ देखि चलिरहेको मुद्दा, अन्ततः लामा निर्दोष ठहर

लामाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले लामाले विभिन्न आपराधिक क्रियाकलापबाट २७ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको भन्दै त्यसलाई जफत गर्न र त्यति नै जरिवाना माग गर्दै अभियोगपत्र पेश गरेको थियो।

तर लामो कानुनी प्रक्रिया र बहसपछि सर्वोच्च अदालतले उक्त सम्पत्तिलाई वैध ठहर गर्दै उनलाई पूर्ण सफाइ दिएको हो।

  • Jigyasanepal

थप