Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चको सफाइ, विशेष अदालतको फैसला उल्टाइयो

सरकारकै पुनरावेदन अस्वीकृत, २७ करोडको अभियोग खारेज

  •   १ वर्ष अघि | ९ असार २०८२, सोमवार

काठमाडौँ, असार ९  ।

कुनै समय गुन्डा नाइके भनेर चिनिने कांग्रेसका केन्द्रीय सदस्य तथा काभ्रेका क्षेत्र नम्बर १ ख का प्रदेश सभाका उम्मेदवार नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ मिलेको छ। विशेष अदालतको दोषी ठहर निर्णयलाई उल्टाउँदै सर्वोच्च अदालतले लामाको सम्पत्तिलाई वैध ठहर गर्दै सफाइ दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको २०७५ साउन २४ गतेको फैसला बदर गर्दै लामा निर्दोष रहेको ठहर गरेको हो। यस फैसलासँगै लामामाथिको २७ करोड रुपैयाँ बराबरको अवैध सम्पत्तिको आरोप खारेज भएको छ।

विशेष अदालतको पुरानो फैसला

२०७५ मा विशेष अदालतले लामा दोषी ठहर गर्दै १ वर्ष कैद, १ करोड ४० लाख ५० हजार रुपैयाँ जफत तथा त्यति नै जरिवाना गर्ने निर्णय सुनाएको थियो। तत्कालीन विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश द्वारिकामान जोशी तथा रत्नबहादुर बागचन्दको इजलासले यो फैसला गरेको थियो।

सरकारको पुनरावेदन समेत अस्वीकृत

सजाय कम गरिएको भन्दै सरकारले पनि सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। तर सर्वोच्चले सरकारको दाबीलाई समेत जिकिर नपुग्ने ठहर गर्दै खारेज गरिदिएको छ।

२०६९ देखि चलिरहेको मुद्दा, अन्ततः लामा निर्दोष ठहर

लामाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले लामाले विभिन्न आपराधिक क्रियाकलापबाट २७ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको भन्दै त्यसलाई जफत गर्न र त्यति नै जरिवाना माग गर्दै अभियोगपत्र पेश गरेको थियो।

तर लामो कानुनी प्रक्रिया र बहसपछि सर्वोच्च अदालतले उक्त सम्पत्तिलाई वैध ठहर गर्दै उनलाई पूर्ण सफाइ दिएको हो।

  • Jigyasanepal

थप