Breaking News
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||    

उपनिर्वाचनका लागि ३८ कार्यालय स्थापना, मंसिर १६ मा मतदान

  •   २ वर्ष अघि | ३० कार्तिक २०८१, शुक्रबार

काठमाडौं, कात्तिक ३० । आगामी स्थानीय तह उपनिर्वाचनलाई लक्षित गर्दै देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगका अनुसार ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र ६ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापित भएका छन्।

मनोनयनदेखि मतदानसम्मको तयारी

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले उपनिर्वाचन हुने सम्बन्धित वडाका केन्द्रहरूमा यी कार्यालय स्थापना गरिएको जानकारी दिएकी छन्। मंसिर २ गते उम्मेदवार मनोनयन दर्ता सुरु हुने कार्यक्रम छ।

मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने मंसिर १६ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।

आयोगमा प्रवक्ता परिवर्तन

साथै, आयोगले सहसचिव नीता पोखरेल अर्याललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ। सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले आजको निर्णयअनुसार अर्याललाई प्रवक्ता बनाइएको पुष्टि गरेका छन्।

निर्वाचन प्रक्रिया सुनिश्चित गर्न आयोगले तीव्र तयारी गरिरहेको छ, जसले निष्पक्ष र व्यवस्थित मतदानमा सहजीकरण गर्ने अपेक्षागरिएको छ।


  • Jigyasa media

थप