Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

काठमाडौं, असोज ६ - संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। उक्त भेट राष्ट्रसंघको मुख्यालयमा भएको थियो, जसमा द्विपक्षीय सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा र क्षेत्रीय विकासका विषयमा छलफल भएको बताइएको छ।

भेटवार्तामा क्षेत्रीय तथा विश्वव्यापी चुनौतिहरु, जलवायु परिवर्तन, विकास र शान्तिका विविध पक्षमा सहकार्यलाई बलियो बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ। यस भेटवार्ताले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उनले महासभाको साइडलाइनमा विभिन्न देशका नेताहरूसँग भेट्ने तयारी गरिरहेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिकाका लागि प्रस्थान गरेका थिए। न्यूयोर्क पुग्दा उनलाई त्यहाँ रहेका नेपाली अधिकारीहरू, दूतावासका प्रतिनिधिहरूले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओली १४ असोजमा स्वदेश फर्किनेतालिका छ।


  • RSS

थप