Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

पाठ्यक्रम मनोपोलि परिमार्जनको विषयमा बाँस्कोटाको कडा टिप्पणी : "यो ठगी हो!"

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

काठमाडौँ । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा काभ्रे क्षेत्र नम्बर २ का सांसद गोकुल बाँस्कोटाले सामाजिक शिक्षा हटाउँदै भइरहेको पाठ्यक्रम परिमार्जितको विषयमा कडा आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै बाँस्कोटाले "स्वदेश वा विदेशमा कुनै विशिष्ट योगदान नपुर्‍याएका व्यक्तिहरूलाई राष्ट्रिय विभूति सरहको स्थान दिने प्रबन्ध मिलाउनु मूर्खता हो" भन्दै आपत्ति जनाए।

उनले सामाजिक शिक्षा जस्तो गम्भीर पाठ्यक्रम हटाएर केही नाम चलेका व्यक्तिहरूको जीवनी राख्ने कार्यलाई ठगीको संज्ञा दिएका छन्। उनले भने, "कसले नेपाल वा विश्व मानव जातिलाई के योगदान पुर्‍यायो भन्ने नै थाहा छैन, तर कक्षा कोठामा जबर्जस्ती पठनपाठन गराउनु गलत हो।"


बाँस्कोटाको यस्तो धारणा हालै शिक्षा क्षेत्रभित्र भइरहेका पाठ्यक्रम परिमार्जनका विषयहरू माथि उठेको चासो र बहससँग जोडिएको छ। उनको कडा प्रतिक्रिया शिक्षानीति निर्माणकर्ताहरूलाई झकझक्याउने खालको देखिन्छ। उनको यो धारणाले स्थानीय तहहरुमा मानोपोली तरिकाले बनेका पाठ्यक्रमको सवाललाई समेत मूल बहसको रूपमा तान्निएको छ । शिक्षा नीति र शैछिक पाठ्यक्रममा राष्टिय नीति हुनुपर्ने तर्फ उनको धारणा अडिक देखिन्छ । 


  • Jigyasa media

थप