Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

नागढुंगाबाट आधा किलो सुनसहित युवक पक्राउ

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

काठमाडौं । - नागढुंगामा आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ परेका युवकको पहिचान टिकापुर नगरपालिका-४ का २३ वर्षीय एलिस ढकालको रूपमा भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, नेपालगन्जबाट काठमाडौं आउँदै गरेको लु १ ख ००९९ नम्बरको यात्रुवाहक बसमा यात्रा गरिरहेका ढकाललाई नागढुंगामा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो।

उनले बोकेको कालो झोलाभित्र सुन जस्तो देखिने पहेंलो धातु दुई टुक्रा, कालो टेपले बेरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका ढकाललाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ।


  • Jigyasa media

थप