Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, दिउँसो बढी वर्षा हुने अनुमान

  •   ३ महिना अघि | १८ असार २०८३, बिहिबार

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले बिहीबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थान तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

यस्तै, कोशी र मधेस प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी–खोलामा जलसतह बढ्ने जोखिमप्रति सचेत रहन विभागले आग्रह गरेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा कोशी र मधेस प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार रातिको समयमा गण्डकी प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार अहिले देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले रातिको तुलनामा दिउँसो बढी वर्षा हुने सम्भावना छ। भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न तथा बाढी–पहिरोको सम्भावनालाई ध्यानमा राख्न अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप