Breaking News
पाँच प्रदेशमा बादल लाग्ने, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||    

काँग्रेस एमालेद्वारा मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह

  •   २ वर्ष अघि | २४ असार २०८१, सोमवार

धनगढी । सत्ता साझेदार नेकपा एमालेले केन्द्रमा सरकार लाई आफ्नो समर्थन फिर्ता लिए सँगै प्रदेश तहमा समेत त्यसको प्रभाव पर्न थालेको छ । आईतबार  नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अल्पमतमा परिसकेका कारण राजीनामा दिएर नयाँ सरकार गठनका लगि मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले कांग्रेस यसअघिदेखि नै विपक्षमा रहेको र एमालेले समेत समर्थन फिर्ता लिइसकेकाले वर्तमान सरकार अल्पमतमा परेकोले मुख्यमन्त्री सोडारीले नैतिक आधार गुमाइसकेको उल्लेख गरेका छन् ।

उनीहरुले नैतिक बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकारवाही बाहेक अन्य कुनै कार्य सम्पादन नगर्न तथा नगराउन समेत आग्रह गरेका छन् ।

केन्द्रमा कांग्रेस र एमालेबीच केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि २० असारमा सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परिसकेका सोडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदासम्म पर्खिने बताएका छन् । सोडारी अल्पमतमा परेपछि प्रदेश सभामा विश्वासको मत परीक्षा गर्ने बताइरहेका छन् ।

  • Reporter

थप