Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

शहीद के.पी. सापकोटा र सिंहविर तामाङको सम्झनामा २२ औं स्मृति सभा सम्पन्न

  •   २ वर्ष अघि | ३० भदौ २०८१, आइतवार

पनौती, भाद्र ३० – नेकपा एमाले पनौती नगरपालिकाको वडा नं. १ कमिटीको आयोजनामा आज पनौती–१, रयालेस्थित शहीद पार्कमा २२ औं सहिद स्मृति सभा सम्पन्न भएको छ । सभामा नेकपा एमालेका काभ्रेका जिल्ला अध्यक्ष राजन भुर्तेलको विशेष उपस्थितिमा पार्टी कमिटी अन्य सदस्यहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता थियो । 


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तत्कालिन रयाले मा.वि.स.का जननिर्वाचित गा.वि.स. अध्यक्ष सहिद क. के.पी. सापकोटा तथा नेकपा एमालेका सदस्य सहिद क. सिंहविर तामाङको स्मृतिमा आयोजित २२ औं स्मृति सभा आईतबार बिहान एक कार्यक्रम विच गरिएको छ ।


 नेकपा एमाले पनौती न.पा. १ नं. वडा कमिटी ले आयोजना गरेको कार्यक्रममा सयौ नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

कार्यक्रममा शहीद के.पी. सापकोटा र शहीद सिंहविर तामाङको योगदानको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै पार्टी नेताहरूले जनताको बहुदलीय जनवादका सिद्धान्तलाई पुनः स्मरण गराए। सहभागीहरूले शहीदहरूले देखाएको त्याग, साहस, र बलिदानको चर्चा गर्दै शहीदहरूको सपनालाई साकार पार्न युवा पुस्ताले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।


सभामा उपस्थित पार्टीका नेताहरूले लोकतन्त्र र पार्टी स्थायित्वमा शहीदहरूको योगदानलाई उच्च मूल्यांकन गर्दै भविष्यमा यस्ता महान व्यक्तिहरूको आदर्शलाई सधैं स्मरण गर्ने बताएका छन् । 

कार्यक्रमको समापनमा सबैले शहीदहरूको स्मृति र सम्मानमा पुष्पगुच्छा अर्पण गरेका थिए । 


  • Jigyasa media

थप