Breaking News
नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||    

संक्रमणकालीन न्यायसम्बन्धित विषयमा कार्यदलको बैठक बस्दै

  •   २ वर्ष अघि | ९ साउन २०८१, बुधबार

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक आज बस्दैछ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउन आज बैठक आयोजना गरिएको हो।


कार्यदलका सदस्य एवम् एमाले प्रमुख सचेतक महेश बर्तौलाले मुख्य दलबीच सहमति खोज्ने अन्तिम प्रयास भइरहेको जानकारी दिएका छन्। मानव अधिकारको गम्भीर उल्लंघन, हत्या परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटि माग दाबी लिएर जाने विषयमा सहमति नजिक पुगेको बताइएको छ। उनले चार विषयमा ७० प्रतिशत सहमति जुटेको र आज (बुधबार) बस्ने कार्यदलले टुङ्गो लगाउने बताएका छन्।


त्यस्तै, कार्यदलका सदस्य जनार्दन शर्माले आज बस्ने अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने बताएका छन्। यसअघि शीर्ष दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरिएको थियो, जसमा बर्तौला, शर्मा र रमेश लेखक छन्।


  • Jigyasa media

थप