काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापतिमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोध गर्दै आन्दोलनलाई प्रधानमन्त्री निवास बालुवाटार केन्द्रित गर्ने भएको छ। मंगलबार कात्तिक १३ गते काठमाडौँमा हुने भनिएको यो विरोध प्रदर्शन बालुवाटार चोकमा गर्ने तय भएको छ।
रास्वपाले आइतबार अबेर आफ्नो विरोध कार्यक्रममा बालुवाटार चोक, नेपाल हाउस अगाडि नै प्रदर्शन स्थलको घोषणा गरेको हो। सो प्रदर्शनमा देशभरबाट पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी हुने र मङ्गलबार मध्यान्ह १२ बजेबाट आन्दोलन सुरु गरिने बताइएकोछ।
- Jigyasa media