Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

राप्रपाको बृहत् प्रदर्शन चैत २६ गते काठमाडौंमा

  •   १ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत १३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौंमा व्यापक प्रदर्शन गर्ने घोषणा गरेको छ।

पार्टीको आन्दोलन मूल समितिको बैठकले बागमती प्रदेशस्तरीय आमसभा आयोजना गर्ने निर्णय गरेको हो। राप्रपा अध्यक्ष तथा आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय लिएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।

पार्टीले आगामी वैशाख ७ गतेदेखि राजधानी केन्द्रित आन्दोलन थाल्ने तयारीसमेत गरेको छ। समान उद्देश्य र विचारधारा बोकेका राजनीतिक दल, संयुक्त जनआन्दोलन समिति तथा विभिन्न संघ-संगठनहरूसँग सहकार्य गर्दै आन्दोलनलाई थप सशक्त बनाइने जनाएको छ।

राजसंस्था पुनःस्थापना र नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानलाई तीव्र बनाउँदै राप्रपाले अन्य दल तथा अभियानहरूले आयोजना गर्ने शान्तिपूर्ण तथा अहिंसात्मक कार्यक्रममा आफ्नो समर्थन रहने स्पष्ट पारेको छ।

यसैबीच, राप्रपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल बाँकी रहँदै बर्खास्त गरिएको घटनाप्रति आपत्ति जनाएको छ। पार्टीले यसलाई बदनियतपूर्ण निर्णय भन्दै विरोध जनाएको छ।


  • Jigyasa media

थप