काठमाण्डौ – सरकारको ताजा निर्णय अनुसार, पूर्वउपसभामुख र कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि नेपालको राजदूतको रूपमा सिफारिस गरिएको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस विषयमा सहमति गरेको हो।
यसअघि सिफारिस भएकी कान्ता रिजालको नाम विवादका कारण फिर्ता गरिएको थियो, र उनको स्थानमा यादवलाई सिफारिस गरिएको हो। पछिल्लो समयमा सरकारले विभिन्न देशका लागि १८ राजदूतको नाम सिफारिस गर्दा समावेशीताको अभाव देखिएको भन्दै आलोचना भएको थियो, जसका कारण नयाँ नाम चयन गरिएको हो।
- Jigyasa media