Breaking News
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||    

राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामा राख्छु : मन्त्री राई

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

काठमाडौं । रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराई–मधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन् ।


सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदवालीपछि सञ्चारकर्मीको जिज्ञासामा उनले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाए । उनले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वानुमान तथा पहिचान गरी खोज, उद्धार र पुनः स्थपानका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गरे ।


उक्त निर्णयमा विपद् व्यवस्थापनमा संलग्न जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सम्बन्धित स्थानीय तहलगायतका निकायसँग समन्वय तथा सहकार्य गर्ने विषय उल्लेख छ ।


विपदबाट सृजना हुन सक्ने असहज परिस्थिति कम गर्न खोज, उद्धार र पुनः स्थापनाका लागि आवश्यक हेलिकप्टर, सवारी साधान र सामग्री तयारी अवस्थामा राख्ने तथा दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका महिलाको उद्धारका लागि प्रभावकारी समन्वय तथा तयारी गर्ने लगायतका विषय समेटिएको छ ।


कोशी प्रदेशको सोलुखुम्बु, माप्य दूधकोशी– २ मा विस २०२७ मा जन्मिएका राईले विस २०४२ बाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । उनी विस २०७९ मा सम्पन्न आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । विस २०४६ पछि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, जिल्ला उपाध्यक्ष र उपसचिव हुँदै विस २०७२ मा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भए । हाल उनी पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।– रासस

  • RSS

थप