Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

रवि लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति, प्रहरीको तयारी सुरु

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, २०८१ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ। कास्की जिल्ला प्रहरी कार्यालयले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति पाएको हो।

अदालतको अनुमतिपछि लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी कास्की लैजाने तयारी भइरहेको छ। पोखराको सूर्यदर्शनसहितका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा प्रवाहित भएको अनुसन्धानमा देखिएको थियो।

सहकारी ठगी प्रकरणमा १६ असोज २०८० मा जीबी राई, कुमार रम्तेललगायत १९ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ, जसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो। यो प्रकरणमा २२ माघ २०८० मा रवि लामिछानेसहित १८ जनाविरुद्ध थप जाहेरी परेको थियो।

यो मामलामा संसद्मा समेत छानबिनका लागि विशेष समिति गठन गरिएको थियो। एमाले सांसद सूर्य थापाको नेतृत्वमा १५ जेठमा गठन भएको समितिले लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनअनुसार, लामिछानेले गोर्खा मिडिया नेटवर्कमा स्वेट शेयरका रूपमा १५ प्रतिशत शेयर लिएको भन्दै प्रश्न उठाइएको छ।

यस प्रकरणमा ग्यालेक्सी टिभीका पूर्व सञ्चालक छविलाल जोशीलाई कास्की प्रहरीले ६ असोजमा पक्राउ गरिसकेको छ भने मुख्य आरोपी जीबी राई अझै फरार छन्। राईविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भइसकेको छ।

प्रहरीले यस प्रकरणमा थप अनुसन्धान अघि बढाइरहेको छ।


  • Jigyasa media

थप