Breaking News
नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||    

प्रधानमन्त्री ओलीद्वारा सरकारको सकारात्मक परिणामको प्रतिबद्धता व्यक्त

  •   २ वर्ष अघि | १ साउन २०८१, मङ्लबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन्। 


प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकार काम गरिरहेको प्रतिबद्धता जनाएका छन्। मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले कठिनाइमा परेका जनतालाई सहयोग गर्न, सुशासन र विकासका काममा सकारात्मक परिणाम आउने गरी सरकार क्रियाशील रहेको भन्दै आश्वस्त पारे। 


प्रधानमन्त्री ओलीले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भीरतापूर्वक लिइ राहत व्यवस्थापनको काम अघि बढाएको बताए। नयाँ सरकार आएपछि देशभर आशा र भरोसा जगाएको उल्लेख गर्दै, पहिलो क्याबिनेट बैठकबाट नै सरकारको काम अघि बढाइएको जिकिर गरे। 


विगतमा पनि आफूले सरकारको नेतृत्व गर्दा देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तीव्रताका साथ काम गरिरहेको बताए।

  • Reporter

थप