काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको विजया दशमीको अवसरमा सबै नेपालीलाई प्राकृतिक विपद्को पीडा भुल्दै आपसी सहयोग र सद्भावका साथ दशैं मनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले एक भिडियो सन्देशमार्फत देश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै यस वर्षको दसैं पीडादायी भए पनि विपद्पछि पुनर्निर्माणका लागि 'होस्टेमा हैसे'को भावना आवश्यक रहेको बताए। उनले सबैलाई पीडामा परेकाहरूको सहयोगमा जुट्न आह्वान गरे।
प्रधानमन्त्रीले यसवर्षको दशैंमा विनाशकारी बाढी र पहिरोका कारण धेरै निर्दोष बालबालिका र वृद्ध नागरिकले ज्यान गुमाएको र दशैंको उल्लास पहिरिन नसकेको कुरा व्यक्त गर्दै यो कठिन समयमा देशले सबैको साथ र सहयोगको खाँचो रहेको बताए।
उहाँले सरकार उद्धार, राहत, र पुनर्निर्माणको काममा लागिरहेको र किसानको बालीनालीको क्षतिपूर्ति दिलाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए। प्रधानमन्त्रीले चाडपर्वको अवसरमा आवतजावतलाई सहज बनाउन सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए।
प्रधानमन्त्रीको सन्देशको मुख्य बुँदाहरू:
विपद्को समयमा धैर्य र सहनशीलता आवश्यक।
राहत, उद्धार र पुनर्निर्माणमा सरकारको सक्रियता।
पीडितलाई राहत दिलाउन सरकारको प्रतिबद्धता।
सबै नेपालीलाई दशैं मिलेर मनाउन आह्वान।
प्रधानमन्त्री ओलीले सबैलाई सुरक्षित र सहयोगी वातावरणमा दशैं मनाउन आग्रह गर्दै सरकारलाई जनतासँगको सहयोग र समर्थनको आवश्यकता रहेको कुरा पुनः दोहोर्याए।
- Jigyasa media