Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

सामाजिक सञ्जालमा बेथिति सह्य छैन देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

  •   १ वर्ष अघि | २२ भदौ २०८२, आइतवार

ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालको नाममा मुलुकलाई हेप्ने प्रवृत्ति कुनै हालतमा सहन नसकिने बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाभिमानसँग सम्झौता नगर्ने दृढता दोहोर्याए।

ओलीले भने, “राष्ट्रियता कविता होइन, छन्द होइन, क्षणिक स्वार्थ पनि होइन। हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ। सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, तर नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुन नमानेको कुरा सह्य हुँदैन।”

उनले पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको गतिविधि र केही स्वघोषित बुद्धिजीवीहरूको प्रवृत्ति समाजलाई भड्काउने खालको रहेको आरोप समेत लगाए। “कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र छैन। आफूलाई ठूलो बुद्धिजीवी ठान्नेहरूले समाजलाई प्रभावित पार्ने गलत अभ्यास गरेका छन्। ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउने प्रयास भए पनि त्यो पुस्ता देशलाई माया गर्ने पुस्ता हो,” ओलीले भने।

सरकारले सामाजिक सञ्जाललाई दर्ता गर्न एक वर्षअघि नै आग्रह गरेको स्मरण गर्दै उनले थपे, “चार जनाको रोजगारी भन्दा देशको स्वाधीनता ठूलो हो। कानुन, संविधान, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तालाई नमान्ने प्रवृत्ति कतै सह्य हुँदैन। स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ र स्वाभिमानबाट नै स्वतन्त्रता सुरक्षित हुन्छ।”

प्रधानमन्त्री ओलीले असमानता घटाउने, विभेद अन्त्य गर्ने र समावेशी नीतिलाई अघि बढाउने पार्टीको अडान पुनः स्पष्ट गरे। उनले छलफलसहित तयार भएको नीतिलाई अंगीकार गर्दै ‘मिसन ८४’ सफल पार्ने प्रतिबद्धता जाहेर गरे।

  • Jigyasanepal

थप