Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

दोधारा चाँदनीलाई देशकै प्रमुख नाकाका रूपमा विकास गरिने: गृहमन्त्री लेखक

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेका छन्। बुधबार इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले त्रिदेशीय नाकाको रुपमा दोधारा चाँदनीको विकास गरिने बताउँदै यसलाई भारत र चीनसँग जोडेर देशकै प्रमुख नाकाका रूपमा स्थापित गर्ने योजना रहेको बताए।


गृहमन्त्री लेखकले महाकाली नदीमा निर्माण सम्पन्न भएको चार लेनको पक्की पुलले यो सम्भावनालाई बलियो बनाएको र निकट भविष्यमा दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको निर्माण हुने जानकारी दिए। उनले भने, "यो केवल योजनामा मात्र सीमित छैन, कार्यान्वयनमा ल्याउनेछौं।"

लेखकले दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापनाको तयारी भइरहेको र यसले मानसरोवर यात्राको सहजता सुनिश्चित गर्ने बताए। उनले दोधारा चाँदनीको विकासक्रमबारे बोल्दै, "भारतले सुख्खा बन्दरगाह निर्माणका लागि छिट्टै टेन्डर आह्वान गर्नेछ," भन्ने जानकारी दिए। दोधारा चाँदनीको निरन्तर विकासले यो क्षेत्रलाई महत्वपूर्ण व्यावसायिक केन्द्रका रूपमा उभार्ने उनले विश्वास व्यक्त गरे।

  • Jigyasa media

थप