काठमाडौं । नेकपा एमालेले अब बन्ने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएका छन् ।
उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको एमालेले जनाएको छ । त्यस्तै उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने भएका छन् । एमालेले प्रधानमन्त्रीसहित ९ मन्त्रालय पाउने सहमति छ ।
एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति छ ।
सोलुखुम्बुका मानवीर राई रक्षा मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री टुंगो लागेको छ । विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि भन्ने टुंगो लागेको बताइएको छ ।
एमालेले बलराम अधिकारी र दामोदर भण्डारीलाई दोहोर्याउने भएको छ । अधिकारी भूमि व्यवस्था र दामोदर भण्डारी उद्योग मन्त्री बन्ने टुंगो लागेको हो ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित टुंगो लागेका मन्त्रीहरूले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
- Jigyasa media