Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

अमेरिकी राष्ट्रपति निर्वाचन: केही घण्टामा मतदान सकिँदै, प्रारम्भिक नतिजामा ट्रम्प र कमलाबीच प्रतिस्पर्धा

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

वासिङ्टन डीसी — अमेरिकामा जारी राष्ट्रपति निर्वाचनका लागि मतदान समाप्त हुन अब केही घण्टा मात्र बाँकी छ। ५३८ इलेक्टोरल भोटका लागि मंगलबार नेपाली समय अनुसार अपराह्न ४ बजेबाट मतदान सुरु भएको थियो। प्रमुख राज्यहरूमा भोटिङ आज बिहान १० बजेसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।

हालसम्म १३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ, जहाँ रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ९ राज्यमा जित दर्ता गरेका छन् भने भारतीय मूलकी कमला ह्यारिसले ४ राज्यमा जित हासिल गरेकी छिन्। यससँगै, राष्ट्रपति पदको चुनावसँगै भइरहेको संसदीय निर्वाचनमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता बनाएको छ।

राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ। यदि कमला ह्यारिस विजयी भइन् भने, २३० वर्षको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने ऐतिहासिक अवसर पाउनेछिन्। ट्रम्प पुनः विजयी भए भने, चार वर्षपछि ह्वाइट हाउसमा फर्कनेछन्।

अमेरिकी निर्वाचन अधिकारीका अनुसार, यसपटक ८ करोडभन्दा बढी नागरिकले पूर्वभोटिङमार्फत हुलाक र इमेलबाट मतदान गरेका छन्। नोभेम्बर ५ मा कति प्रतिशतले मतदान गरे भन्ने तथ्यांक भने सार्वजनिक भएको छैन।

मतदान समाप्त भएपछि बुधबार बिहानबाट मतगणना सुरु हुनेछ। सामान्यतया, नतिजा मतदानको भोलिपल्टै आउने अपेक्षा गरिएको भए पनि अन्तिम परिणाममा ढिलाइ भए १–२ दिनसम्म लाग्न सक्छ। सन् २०२० को निर्वाचनमा मतगणना प्रक्रिया चार दिनपछि पूरा भएको थियो, जसअनुसार यसपटक पनि परिणाम बुधबार राति वा बिहीबार बिहानसम्म आउन सक्ने अनुमान गरिएको छ।


  • Jigyasa media

थप