काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । निर्वाचन आयोगले दिएको म्यादभित्र दर्ता हुन आएकामध्ये योग्य ठहर्याएका २५ दलको सूची आइतबार प्रकाशित गरेको छ ।
निर्वाचन आयोगले प्रकाशित गरेको सूचीअनुसार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी उपनिर्वाचनका लागि दर्ता भएका छन् ।
यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि प्रतिस्पर्धा गर्नेछन् ।
नागरिक उन्मुक्ति पार्टी, नेसनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल छन् ।
- Jigyasa media