Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, प्रक्रिया बिहान ११ देखि २ बजेसम्म

  •   २ वर्ष अघि | २७ फाल्गुन २०८१, मङ्लबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरू हुँदैछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ।

आगामी चैत ५ गते हुने निर्वाचनका लागि सोमबार नै उम्मेदवारहरूले मनोनयन पत्र लिइसकेका छन्। त्रिविले निर्धारित कार्यतालिका अनुसार ६२ आङ्गिक क्याम्पस र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा एकैसाथ मतदान हुनेछ।

यस वर्षको स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हद लागू गरिएको छ भने मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ। विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवार दर्ता गराउँदै चुनावी तयारी तीव्र पारिरहेकाछन्।


  • Jigyasa media

थप