Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

सहकारी ठगी प्रकरणमा रवि लामिछाने दोषी ठहर

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी ठहर भएका छन्। गोरखा मिडिया नेटवर्कसँग जोडिएको सहकारीको बचत रकमको अनियमितताबारे संसदीय छानबिन विशेष समितिले लामिछानेलाई दोषी ठहर गरेको हो।

समितिले गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने, र सञ्चालक छविलाल जोशीले संयुक्त बैंक खाताबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा सहकारी संस्थाबाट मिडियामा ल्याएको पाइएको छ। समितिले लामिछानेसहित ९ जनालाई कारबाही गर्नुपर्ने सिफारिस गर्दै प्रतिवेदन संसदमा पेश गरेको छ।

संसदीय छानबिन समितिले तीन महिना लामो अनुसन्धानपछि उक्त प्रतिवेदन तयार पारेको थियो। समितिका सभापति सूर्यबहादुर थापाको नेतृत्वमा भएको यो छानबिनमा सहकारी सम्बद्ध अधिकारीहरूसँग व्यापक छलफल गरिएको थियो। समितिले ६३ वटा बैठकको आधारमा आफ्नो प्रतिवेदन तयार गरेको हो।

यो प्रकरणले सहकारी क्षेत्रको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ, जसमा सहकारी संस्थाबाट गैरकानुनी रूपमा ठूलो मात्रामा रकम सारिएको खुलासा भएको छ।


  • Jigyasanepal

थप